दफा १४७
व्यक्ति विशेषले सार्वजनिक घर, जग्गा आफ्नाे बनाउन नहुने

(१) कसैले देहायको घर वा जग्गा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्वस्वीकृति विना दर्ता गरी वा नगरीआफ्नाे बनाउन वा कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न वा त्यस्तो घर वा जग्गाको भोग चलनमा कुनैकिसिमको बाधा अबरोध गर्न हुँदैनः—
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वाअधिकांश स्वामित्व वा नियन्त्रण भएको सार्वजनिक संस्थाको नाममा रहेको घर जग्गा,
(ख) परापूर्वदेखि सामुदायिक वा सार्वजनिक भोग चलनमा रहेको सामुदायिक वा सार्वजनिक घर जग्गा ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(३) उपदफा (१) मा उल्लिखित घर, जग्गा कुनै व्यक्ति विशेषको नाममा दर्ता वा नामसारी भइसकेको भए त्यस्तो दर्तासमेत स्वतः बदर हुनेछ ।